राेल्पा । भीरबाट लडेर एक पुरुषकाे मृत्यु भएको छ।मृत्यु हुनेमा सुनछहरी गाउँपालिका -५ पाेबाङका ४२ वर्षिय हिकलाल पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएकाे छ।

मंगलबार बेलुका स्थानीय कालीहाङ भन्ने ठाउँमा बिजुलीको तार तान्ने काम सकेर घर फर्कने क्रममा साेहि कालीहाङ नजिकै भीरबाट लडेर करिब २० मिटर तल खसेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

घटनाकाे खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय पाेबाङबाट प्रहरी वरिष्ठ नायव निरीक्षक सुर्यलाल गुरुङकाे कमान्ड प्रहरी टाेलि घटनास्थल पुगी शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाएको प्रहरी निरीक्षक भुसालले बताए।