काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा चियापानमा कार्यक्रममा राजेन्द्र लिङदेन र कमल थापा एकसाथ देखिएका छन् । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका थिए ।

यसअघि राप्रपाको अध्यक्षमा लिङदेन निर्वाचित भएपछि कमल थापाले सो पार्टी छाडेका थिए । तर आज पृथ्वी जयन्तीको अवसरमा लिङदेनको पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उनी खुसीसाथ उपस्थित भएका छन् ।

सो कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी थिए ।