अभिषेक बोहरा /दाङ : माघे संक्रान्तिको पर्व नजिकिदै गर्दा दाङको बजार चहलपहलले किनमेल गर्ने र घुमफिर गर्नेको संख्या बढेको छ । घोराही उपमहानगरपालिकाको बाह्रकुने दहमालाग्ने मेलामा दाङ जिल्ला र छिमेकी क्षेत्रका भक्तजनको भीड लाग्ने अनुमान गरिएको छ । चाडपर्वको तयारीमा सिंगारिएरस्थित मन्दिरको सरसफाइ पनि भइरहेको छ ।
बाह्रकुने दहमा बर माग्नका लागि भक्तजन जाने परम्परा समेत रहेको छ । यहाँ अन्य समयमा भन्दा माघे संक्रान्तिमा निकै भीडभाड हुने गर्दछ । त्यहा अहिले सरसफाइ देखि लिएर मन्दिर सिङ्गारिएर आकर्षक पारिएको छ ।











