नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि नेकपा एस तत्काल सरकारमा भने सहभागी हुनेछैन ।