अबिशेक बोहरा/दाङ , । माउण्ट भ्यु बोर्डिङ स्कुल घोराहीले विज्ञान प्रर्दशनी गरेको छ । विद्यालयको कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका विज्ञान, प्रविधि र वातावरणसँग सम्बद्ध सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।
विद्यालय सञ्चालक समितीका अध्यक्ष रमेश लम्सालको अध्यक्षता तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथी शर्माले नेपालका वैज्ञानिकहरुले आविश्कार गर्दा आफुले टेकेको धर्तिलाई प्रथमिकता राखेर उपयोगिता मुलक आविश्कार गर्नुपर्ने बताउनु भयो ।
विज्ञानका साथै मानवीय संवेदनालाई समेटेर देशको माटोलाई उर्वर बनाउने, कृषि क्रान्तिलाई टेवा पर्याउने खालका आविस्कारलाई प्रथमिकतामा राख्नु पर्ने बताउनु भयो । ज्ञान र विज्ञानको समन्वयबाट देश विकाशमा लाग्न आवश्यक शर्माले विज्ञानका विद्यार्थिहरुलाई सुझाव दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको औपचारिक कार्यक्रममा घोराही उपमहानगरपालिका अन्तरगतको सामाजिक विकास खाशाका प्रमुख विनोद गौतम, निजि तथा आवसिय विद्यालय अर्गनाईजेशन प्यापसनका केन्द्रीय सचिव यादव गिरी, जिल्ला अध्यक्ष विरेन्द्र चन्द, प्रेस स्वतन्त्र सेनानी शुशिल गौतम, सिस्नेपानी नेपाल दाङका अध्यक्ष लोकराज पराजुलीले विद्यालयले व्यवहारिक शिक्षालाई महत्वका साथ हेर्नु प्रशंसनिय कार्य भएको बताउनु भएको थियो ।
यस्तै विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत कृतन भण्डारी र अविरल रिजालले आविस्कार गरेको सफ्ट्वेर मार्फत् अन्तराष्ट्रिय सम्मान पाएका छन् । ताईवानमा सम्पन्न प्रतियोगितामा पठनपाठनका लागी आविस्कार गरिएको कम्प्युटर सफ्ट्वेर मार्फत् उनिहरु प्रथम भएका थिए । सफ्ट्वेर बनाउने भण्डारी र रिजाललाई विद्यालयले सम्मान गरेको थियो ।
कम्प्युटर प्रयोग गरेर विज्ञान पढाउन सहज बनाउने गरि तयार पारिएको सफ्टवेयर बनेकाले यो शैक्षिक अभ्यासका क्षेत्रमा नौलो आयाम भएको प्लस टु विज्ञान संयोजक किरण पौडेलले बताउनुभयो ।
विद्यालय सञ्चालक समितीका अध्यक्ष लम्सालको शिक्षालाई सिपमा रुपान्तरण गर्ने उद्देश्य विद्यालयले व्यवहारिक शिक्षालाई प्रथमिकतामा राखेर विज्ञान प्रर्दशनीको आयोजना गरिएको बताउनु भयो दिनुभयो । प्रदर्शनी अवलोकनका लागि अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि पुगेका थिए ।
विज्ञान प्रदर्शनीमा माउन्टभ्यु स्कुलमा अध्ययनरत विद्यार्थीले विभिन्न ३० बढी विषयमा प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा जलवायु परिवर्तनको असर कम गर्ने, वातावरण संरक्षण, उर्जा प्रणालीलगायत नव प्रवर्तनात्मक विषय छन् । जसमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीले प्रदर्शनी गरेका विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद पोख्रेलले बताउनुभयो ।
प्रदर्शनीमा भोटिङ गर्ने र गन्ने मेसिन, कुखुराको अण्डा कोरेल्ने, हरित गृह, रक्तसमुह छुट्याउने, मुटुले कसरी काम गर्छ भन्ने बारे जानकारी, रज्जुमार्ग, केबुलकार, कम लागतमा वातावरणमैत्री प्रविधिको प्रयोग, हाईड्रोलिक पार्किङ मोडेल, टेलिस्कोप, दुरी कम गरेर टाढाको बस्तु हेर्न, गाउँघरमा प्रयोगमा ल्याउन सकिने घरेलु माईक्रोस्कोप,
भूकम्प प्रतिरोधी घरको मोडेल, टेलिकम्युनिकेशन, मौसम, सुचना सहजीकरणका लागि भू उपग्रह, घरको सुरक्षाका लागि यन्त्र, सेनिटाईजर, साबुन, रक्सी बनाउने तरिका, घरेलु विधिबाट पानी शुद्धीकरण, ईलेक्ट्रिक हिटर, चुम्बकीय ट्रेन, वातावरणमैत्री शहरलगायत रहेका छन् । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक तिर्थराज चौधरीले गर्नुभएको थियो
।।