काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकर्फको मतगणना आज सकिने भएको छ । बिहान साढे ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७३५९ मतगणना भएको छ ।

जसमा नेकपा (एमाले) अग्रस्थानमा छ । उसले २८ लाख १४ हजार ६५५ मत मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रसले २६ लाख ८८ हजार २१८ मत पाएको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६४ हजार १०२ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाएको छ ।

चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने २ लाख ९६ हजार ९० मत मात्र पाएको छ । प्रत्यक्षतर्फको अन्तिम परिणाम भने आइसकेको छ ।

सूची :-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२८,१४,६५५

नेपाली काँग्रेस
२६,८८,२१८

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,६४,१०२

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,७७८

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,८१६

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९५४

जनमत पार्टी
३,९४,५३८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९६,०९०

नागरिक उन्मुक्ति पार्टी
२,७१,६७४

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,६७,२९०

नेपाल मजदुर किसान पार्टी
७५,०७९

हाम्रो नेपाली पार्टी
५५,६३२