रुपन्देही, १८ मंसिर। नेपाली कांग्रेस र एमाले रुपन्देहीले लुुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट तत्काल दाङ नसार्न माग गरेका छन् ।
आमनिर्वाचन भर्खरै सम्पन्न भएको र नयाँ सरकार गठन नभइरहेको अवस्थामा वर्तमान कामचलाउ सरकारले प्रदेश राजधानी सार्न रस्साकस्सीजनाए गरेको भन्दै उक्त कार्यको कांग्रेस र एमाले रुपन्देहीले ध्यानाकर्षण भएको जनाएका छन् ।
कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण र एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले अलग अलग विज्ञप्ती जारी गर्दै प्रदेशसभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको भन्दै दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ सचेत हुन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
प्रदेशसभा र सरकारसँगै जाने सभासद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा लैजानुभन्दा तत्काल मुकाम सार्ने प्रक्रिया रोकेर भौतिक संरचना निमार्णमा ध्यान दिन र यो कार्यभार नयाँ सरकारलाई सुम्पन विज्ञप्तिमा आग्रह गरिएको छ ।
त्यस्तै राजधानी सार्न हतार नगर्न लुम्बिनी प्रदेश कांग्रेस र एमाले सांसदले समेत विज्ञप्ति निकालेर आग्रह गरेका छन् ।
एमालेवाट प्रदेश सभामा रुपन्देही निर्वाचित लिला गिरी भुमिश्वर ढकाल, भोज प्रसाद श्रेष्ठ र तुल्सी प्रसाद चौधरीले पनि सामुहिक विज्ञप्ति जारी गरी संरचना तयार नहुदै कामचलाउ सरकारले हतारमा प्रदेशको मुकाम नसार्न आग्रह गरेका छन् ।











