काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गण्डकीका बर्खास्तीमा परेका मन्त्री हरिशरण आचार्यबिच भेटवार्ता भएको छ ।गण्डकीका पुर्व उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग भेटेका हुन् ।
आचार्य बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएर प्रदेशको मन्त्री बनेका थिए । बाबुराम भट्टराईले चुनावको समयमा टिकट मागेका उनलाई नदिएर गोरखा २(क) मा फडिन्द्र देवकोटालाई टिकट दिएका थिए ।
यता आचार्यले बागी उम्मेद्वारी दिएर फिर्ता लिएका थिए । उनले गठबन्धनलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीबाट हटाइदिएका थिए । त्यसपछि चुपचाप बसेका उनी अहिले रवि भेट्न पुगेका छन ।











