काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्नतर्फ अग्रसर भएको छ। प्रत्यक्षमा १० सीट जिते पनि नेकपा एस राष्ट्रिय दल बन्ने निश्चित भएको हो।

पछिल्लो मतपरिणामअनुसार १ करोड १ लाख ७१ हजार ३६३ मत गणना गर्दा २ लाख ९० हजार १९६ मत ल्याएर थ्रेसहोल्ड कटाउने निश्चित भएको हो।राष्ट्रिय दल बन्न खसेको सदर मतको तीन प्रतिशत कटाउनुपर्ने कानूनी व्यवस्था छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ।

अहिलेसम्म एमालेले २७ लाख २० हजार ६९२ मत ल्याएर अग्रता कायमै गर्दा कांग्रेसले २५ लाख ८५ हजार १११, माओवादी केन्द्रले ११ लाख ५३ हजार ४५७ मत ल्याएको छ।यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख मत कटाएको छ।

पछिल्लो मतपरिणामअनुसार ११ लाख ४ हजार २४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार २७८, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४, जनमत पार्टीले ३ लाख ७६ हजार १९९, नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३७, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२ मत ल्याएको छ।