नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
ओली निवास बालकोट पुगेर नेता सिंहले भेट गरेका हुन् ।
काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलोपटक नेता सिंहले ओलीसँग भेट गरेका हुन् ।
कुनै पनि दलले एकल बहुमत नल्याएको बेला आइतबार भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।











