दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले १,६१६ मतान्तरसहित अग्रता कायम गर्नुभएकाे छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा १३  हजार २०४ मत ल्याउनुभएकाे छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ११  हजार ५८८  मत प्राप्त गर्नुभएकाे छ ।

हाल यस क्षेत्रमा कूल ३५  हजार ३६०  मतगणना भएको छ । कूल १ लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार४४६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।