काठमाडौँ — प्रतिनिधिसभाको निर्वाचनतर्फ चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निरन्तर मतान्तर बढ्दै गएको छ । मतगणनाको पछिल्लो परिणाम अनुसार ३ हजार ८ सय ९६ मतको अन्तरले उनी पहिलो स्थानमा छन् ।
रविले ९ हजार ७८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले ५ हजार १ सय ८२ मत ल्याएका छन् ।त्यस्तै, अर्का उम्मेदवार नेपाली कांग्रसका उमेश श्रेष्ठले ४ हजार ९ सय ७८ मत प्राप्त गरेका छन् ।











