इन्द्रेणी संवाददाता

रुकुम,६ मङ्सिर । रुकुम पूर्व प्रदेश सभा सदस्य क मा स्वतन्त्र उम्मेदवार सुरुल पुन विजयी भएका छन । माओवादीका पूर्व नेता पुन ४ हजार चार सय ६५ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटम प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार तेजबहादुर ओलीले तीन हजार ९ सय ३२ मत ल्याएका छन । ओलीले पुन भन्दा ५३३ कम मत ल्याए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न बाकी छ ।