लोकतान्त्रिक वामगठबन्धनले ७ वटा प्रदेशमध्ये कर्णाली प्रदेशका सबै सिट करिव ‘क्लिन स्वीप’ गर्ने आँकलन गरेको छ।

सत्ता गठबन्धनमा रहेका पाँच पार्टीका जिल्ला जिल्लाबाट आएको रिपोर्ट र सुरक्षा निकायका रिपोर्टसमेतका आधारमा गठबन्धनले मंगलबार तयार गरेको प्रतिवदेनमा यस्तो आकलन गरिएको छ।

Open photo

प्रतिनिधि सभा अन्तर्गत यो प्रदेशमा रहेका १२ क्षेत्रमध्ये ११ सिटमा ढुक्कले जितिने (ग्रिन जोन) निष्कर्षमा रहेको सत्तागठबन्धनले बाँकी एक सिटलाई पनि ‘रेड जोन’ (जोखिमयुक्त क्षेत्र) मा नराखी ‘एल्लो जोन’ (अलिक कम सुरक्षित) मा समेटेको छ, जसको अर्थ कम सुरक्षित रहेपनि मिहिनेत गर्ने हो भने त्यहाँपनि जीत सम्भव हुन्छ भन्ने हो।

२०७४ को आम निर्वाचनमा भने यो प्रदेशमा प्रतिनिधि सभाका सबै सिट एमाले–माओवादी केन्द्रसहितको वामगठबन्धनले ‘क्लिन स्वीप’ गरेको थियो।   पुरानो भेरी, कर्णाली अञ्चलका अलावा राप्ती अञ्चलमा पर्ने रुकुम (पश्चिम) मा पर्ने भूभाग नै अहिलेको कर्णाली प्रदेश हो। त्यसमध्ये पुरानो कर्णाली अञ्चलमा आम निर्वाचनमा कहिले नेपाली कांग्रेस त कहिले एमालेले ‘क्लिन स्वीप’ गर्ने गरेका थिए।Open photo

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा भने कर्णाली अञ्चलका पाँच वटै जिल्लामा माओवादी केन्द्रले ‘क्लिन स्वीप’ गरेको थियो।कर्णाली प्रदेशपछि आफ्नो पक्षमा राम्रो नतिजा आउने प्रदेशमा सुदुर पश्चिम हुने आँकलन सत्तागठबन्धनको छ। यो प्रदेशका १६ मध्ये कुनैपनि निर्वाचन क्षेत्रलाई उसले ‘रेड जोन’ का रुपमा उल्लेख गरेको छैन।

४ वटा निर्वाचन क्षेत्र ‘एल्लो जोन’ मा रहेको आँकलन गरेको सत्तागठबन्धनले सुदुर पश्चिम प्रदेशका १२ सिटलाई सहज जित (ग्रिन जोन) हासिल हुने क्षेत्रका रुपमा राखेको छ।

मधेशवादी दलहरुको प्रभाव रहेको मधेश प्रदेशमा पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहित लोकतान्त्रिक वामगठबन्धन नै अत्याधिक स्थानमा विजयी हुने हिसावकिताव गठबन्धनले निकालेको छ। कूल ३२ सिट रहेको मधेश प्रदेशमा ६ सिटमा लोसपासहित नेपाली कांग्रेस ११, माओवादी केन्द्र ५ र एकिकृत समाजवादी २ सिटमा विजयी हुनेछन्।

यो प्रदेशमा एमाले र राष्ट्रिय जनता पार्टी (जसपा) ले पनि गठबन्धन निर्माण गरी प्रतिस्पर्धा गरेका छन्। सत्तागठबन्धनले यो प्रदेशका ६ सिट कम सुरक्षित (एल्लो जोन) उल्लेख गर्दै २ सिटलाई ‘रेड जोन’ मा राखेको छ।

वागमति, गण्डकी र लुम्बिनीका बहुमत सिटमा पनि लोकतान्त्रिक वामगठबन्धन नै विजयी हुने गठबन्धनको हिसावकिताव छ।

यसमध्ये वागमतिमा ३३ सिट छन्, त्यसमध्ये २३ सिट आफ्ना लागि सहज (ग्रिन जोन) भएको गठबन्धनको आँकलन छ। ९ सिटलाई ‘एल्लो जोन’ मा राखेको गठबन्धनले एउटा सिटमा मात्र विजय असम्भव रहेको उल्लेख गरेको छ।

गण्डकीका १८ मध्ये १२ सिटमा सहज विजय हासिल हुँदा ३ सिट ३–३ सिट ‘एल्लो जोन’ र ‘रेड जोन’ मा राखिएको छ। अर्थात् यहाँबाट पनि प्रत्यक्षतर्फ दुई तिहाई सिट हासिल हुने उसको विश्लेषण छ।

लुम्बिनीमा २६ सिट छन्। यसमध्ये १७ सिटमा सहज विजय हुने सुरक्षित, ६ सिट कम सुरक्षित र ३ सिट ‘रेड जोन’ अर्थात् जीत कठिन हुने क्षेत्रका रुपमा गठबन्धनले अंकित गरेको छ।सत्तागठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बहुमत कठिन रहेको प्रदेशका रुपमा प्रदेश– १ लाई मात्र अंकित गरेको छ, जहाँ प्रतिनिधिसभा तर्फ कूल २८ सिटमात्र छन्।

२८ मध्ये गठबन्धनले विजय निश्चित रहेको अर्थात् ‘ग्रिन जोन’ का रुपमा १३ सिटलाई मात्र अंकित गरेको छ। कम सुरक्षित अर्थात् ‘एल्लो जोन’ का रुपमा ११ वटा सिट उल्लेख गरेको उसले जित कठिन हुने ‘रेड जोन’ का रुपमा ४ वटा निर्वाचन क्षेत्रलाई राखेको छ।

प्रदेश १ 
ग्रीन– १३
एल्लो– ११
रेड– ४

मधेश प्रदेश 
ग्रीन– २४
एल्लो– ६
रेड– २
वागमति प्रदेश
ग्रीन– २३
एल्लो– ९
रेड– १

गण्डकी प्रदेश
ग्रीन– १२
एल्लो– ३
रेड– ३

लुम्बिनी प्रदेश 
ग्रीन– १७
एल्लो– ६
रेड– ३

कर्णाली प्रदेश 
ग्रीन– ११
एल्लो– १
रेड– ०

सुदुर पश्चिम प्रदेश 
ग्रीन– १२
एल्लो– ४
रेड– ० No description available.