काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली जस्ता गफाडीका हातमा सत्ता दिन नहुने बताएका छन्।काठमाडौं क्षेत्र नम्बर २ स्थित जडीबुटीमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘राजावादी र प्रतिगामीसँग गठबन्धन गर्नेलाई जनताले दण्डित गर्नैपर्छु, उनले भने, ुनिजी स्वार्थका लागि मात्रै गठबन्धन गरेका हुन्। देशलाई डुबाउन यो गठबन्धन गरेका हुन्। त्यसैले यो निर्वाचनमा दण्डित गर्नैपर्छ।’
विगतमा आफू निर्वाचित भएको काठमाडौं २ को अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई जन्म दिएको धर्तीप्रति समेत आक्रोश व्यक्त गरे । उनले अोलीलाई कंस र रावणसँग तुलना गर्दै बिर्सेर पनि यस्ता व्यक्तिलाई भोट नदिन आग्रह गरे ।

नेपालले भने ‘यस्ता व्यक्तिलाई जन्म दिने कस्तो होला यो धर्ती रु हुन त रामसँगै रावण पनि जन्मिए, कृष्णले कंसको सामना गर्नुपरेको थियो । त्यही कंस र रावण प्रवृतिको जन्म भयो, के गर्ने । म कसैको विरोध त गर्दिन तर यस्ता व्यक्ति पनि भेल्नुपर्यो ।’

उनले गणतन्त्रको आन्दोलका क्रममा ओलीले बरु बयलगाडा चढेर अमेरिका पुगिने बताएको पनि स्मरण गरे।
पहिले पनि गणतन्त्रको आन्दोलन हुँदा ओली बयलगाडाको कुरा गर्थे। अहिले केपी ओली बयलगाडा चढेर हिँडे हुन्छु, उनले भने, ‘देश निर्माणको कुनै योजना छैन। एमालेमा व्यक्ति पूजा मात्रै छ।’












