धादिङमा आज (शनिबार) बेलुका भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्लाको ज्वालामुखी गाउपालिका-४ टारीको भित्रि सडक खण्डमा ग.१.ज.५५८० न.को धान पराल बोकेको बोलेरो गाडि आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी पचास मिटर तल खसेर दुर्घटना भएको हो ।उक्त दुर्घटनामा परेर उत्तम अर्यालको घटनास्थलमै निधन भएको धादिङ प्रहरी प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीले केटिएम दैनिकलाई बताए ।

Open photo

उक्त दुर्घटनामा बोलेरो चालक सहित ६ जना घाइते भएको डिएसपी खत्रीले बताए । उनका अनुसार समिर गदेल, प्रकाश अर्याल, सोम बहादुर दुवाडि,राम बहादुर बि.क, किसन बि.क र प्रितम गदेल घाइते भएका छन् ।

घाईते किसन बि.क बाहेक सबै घाईते धादिङ जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात राती १०:०० बजे डिस्चार्ज भएको,चालक समिर गदेल जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

No description available.