नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज

Open photo

अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भने, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म कायमै रहन्छ ।” प्रतिगमनको खतरा कम हुँदै गएको भन्दै उनले थपे, “जतिबेलासम्म राजनीतिक दुर्घटनाको खतरा रहिराख्छ, प्रतिगमनको खतरा रहिराख्छ त्यतिबेलासम्म गठबन्धन कायम रहन्छ ।”

Open photo

निर्वाचनमा एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने शक्ति पराजित भएर जाने उनले बताए । आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिँदै उनले ने, “यो निर्वाचन अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्ने समय हो ।”

आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे।No description available.