संयुक्त वाम लोकतान्त्रिक गठबन्धन मकवानपुर मनहरी गाउँपालिकाले नेकपा एसका नेता एवम् मकवानपुर २ का उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको समाचारको खण्डन गरेको छ ।मनहरीका नेपाली कांग्रेसका सभापति प्रकाश बर्तौला, नेकपा माओवादी केन्द्रका सचिव सञ्जीव पाठक र नेकपा एसका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका हुन् ।

विज्ञप्तिमा मनहरी गाउँपालिका वडा नं. ४ स्थित संयुक्त वाम लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभामा खतिवडा आएलगत्तै एक स्थानीयले अत्यधिक मदिरा सेवन गरी त्यहाँ पुगेको र आफैँ लडेर घाइते भएको उल्लेख गरिएको छ ।

त्यसपछि मदिरा सेवन गरेका व्यक्ति घाइते भएको र उपचारका लागि अस्पताल पठाइएको विज्ञप्तिमा दाबी भनिएको छ ।यसै विषयलाई लिएर सञ्चारमाध्यमहरूमा आएका नेता खतिवडामाथि हातपातको घटना नभएको उनीहरूले दाबी गरेका छन् ।