एजेन्सी, २४ भदौ । बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ ।
बेलायतको राजदरबार बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै महारानीको विहीबार मृत्यु भएको सार्वजनिक गरेको छ । जसमा भनिएको छ, ‘आज दिउँसो बालमोरल दरबारमा महारानीको शान्तिपूर्वक मृत्यु भयो ।’ बकिंघम प्यालेसअगाडि महारानीको अवस्थाबारे अपडेट पर्खिरहेको भिड उनको मृत्युको समाचार सुनेपछि स्तब्ध भएको थियो ।











