काडमाडौं, २५ साउन । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तुलनामा करिब सात लाख मतदाता थप हुने अनुमान गरेको छ । स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता थिए ।

आयोगले मतदान केन्द्र पुनरावलोकनको काम र मतदाता नामावली अद्यावधिक भइरहेको जानकारी दिएको छ । नामावली अद्यावधिक भएपछि मात्रै मतदान केन्द्र थप गर्नेबारे टुंगो लाग्ने जानकारी दिएको छ । ‘मतदान केन्द्रबारे मतदाता नामावली अद्यावधिक भएपछि मात्रै थाहा हुन्छ । करिब सात लाख नयाँ मतदाता थपिने अनुमान छ ।