दाङ, २५ साउन । स्थानीय तहका दलित महिला जनप्रतिनिधिका लागि दुईदिने तालिम तुलसीपुरमा सुरु भएको छ । दलित महिला जनप्रतिनिधिलाई स्थानीय सरकारको काममा सक्षम बनाउनको लागि तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले सबै नागरिक सक्षम भए जातिय विभेद अन्त्य हुने बताइन् । गरिबीकै कारण जातिय विभेद कायम रहेको बताउदै दलित समुदायका नागरिक सक्षम नबन्दा विभेद अन्त्य हुन नसकेको बताइन् ।

त्यस्तै वडा नम्बर ६ का वडाअध्यक्ष दुजमान भण्डारीले निर्णायक तहमा दलित समुदायको पनि प्रतिनिधित्व भएको बताउदै त्यो राम्रो पक्ष भएको बताए। कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान उपमेयर माया आचार्य, दलित महिला संघ दाङका अध्यक्ष युवा करारालगायतले आफ्ना विचार राखेका थिए । तालिममा उपमहानगर भित्रका १९ वडाबाट २५ जनाको सहभागीता छ ।