दाङ, ८ साउन । रोटरी क्लब अफ दाङको अध्यक्षमा ओबिन्द्र बहादुर महरा चयन भएका छन् ।

क्लवको वर्ष २०२१/०२२ का अध्यक्ष रजिव उल्लाह खानको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं घोराहीका उपप्रमुख हुमाकुमारी डिसीको विशिष्ठ आतिथ्यतामा ११ औँ पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो ।

रोटरी क्लब अफ दाङका वर्ष २०२२/0२३ का लागि नबनिर्बाचित अध्यक्ष महरालाई निर्बतमान अध्यक्ष खानले पद हस्तान्तरण गरे । पदभार ग्रहण गर्दै अध्यक्ष महराले रोटरी कल्वको नेतृत्व आफुले गर्दा समाजलाई सेवालाई प्राथमिकतामा राख्दै समाजका लागि खटेर काम गर्ने बताए ।

यस्तै आगामी वर्ष २०२३/०२४ का लागि भावी अध्यक्ष प्रदिप मज्गैया, प्रस्तावित अध्यक्ष प्रदिप सुदिप, उपाध्यक्षमा मिनराज भाट, सचिवमा डा. बोम विसी, कोषाध्यक्षमा रोशन दाहाललाई चयन गरिएको छ । यसैगरी क्लवले प्रेस संयोजकमा इन्द्रेणी अनलाइनका सम्पादक एवं नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य केशरमान बुढाथोकीलाई तोकेको छ ।