काठमाडौं, २० असार । नेपालमा पनि ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) मा ओमिक्रोनको उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको प्रयोगशाला प्रमुख डा. राजीव श्रेष्ठले बताए । तर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले भने आफूलाई नयाँ उपप्रजाति भेटिएको औपचारिक जानकारी नभएको बताएको छ ।











