रुपन्देही, १६ असार । बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् ।
बुटवल –१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेको इलाका प्रहरी कार्यालय बुटवलएको छ ।
विरामीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अन्य बिरामीको पनि लुम्बिनी अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । जंगलमा उम्रेका ज्याउको पहिचान नै नगरी खाँदा वर्षेनी धेरेको ज्यान जाने गरेको छ ।











