काठमाडौं, १५ असार । आज असार १५ अर्थात धान दिवस । किसानहरुले आजको दिनलाई मानो छरेर मुरी उव्जाउने दिनका रुपमा लिने गर्दछन् । यो दिवस आज मनाइँदैछ ।
आज खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । तर यसपटक भने किसानहरुले मलको चरम अभाव खोप्नु परेको छ ।
केही किसानहरुले मल विनै रोपाइ गरेका छन् भने धेरै किसानहरुले मल नपाएर रोपाइ कसरी गर्ने होला भन्ने चिन्तामा छन् । सरकार भने मलका बारेमा अहिलेसम्म मौन नै रहेको छ ।
सरकारका केही सम्बन्धित नियकाहरुले धन दिवस मनाएपनि किसानहरुले भने यस पटक मलकै अभावका कारण धान दिवसकी रौनकता नभएको बताउँछन् । दाङका एक किसान भन्छन्, ‘वर्षात बल्ल सुरु भएको छ, बजारमा मल छैन, धान दिवस मनाएर मात्रै हुन्छ ?, सरकारले मल ल्याउने कुनै पहल गर्नु पर्दैन’, उनको आर्काेस छ । मल नपाउदा आफूहरुलाई रोपाइ कसरी गर्ने होला भन्ने चिन्ता भइहेको उनको भनाइ छ ।











