दाङ, २७ बैशाख । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

चौधरीको मंगलबार राति निधन भएको हो । चुनाब प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगियो । तर, त्यहाँ पनि सञ्चो नभएपछि थप उपचारकालागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिएका छन् । बघौसी निवासी ५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको विरामी थिए ।