इन्द्रेणी संवाददाता
दाङ, २४ बैशाख । दाङको घोराहीमा रहेको घोराही डेरीमा आगलागी भएको छ । घोराही उपमहानगरपालिका १५ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि अस्पताल रोडमा रहेको डेरीमा आगलागी भएको हो ।
आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट मेसिनरी यन्त्रमा क्षति भएको सञ्चालक सुदय शर्माले जानकारी दिएका छन् ।
ग्यास लिक हुँदा लागेको आगो प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहायतामा निभाइएको प्रहरीले जनाएको छ ।











