काठमाडौं, २० बैशाख । काठमाण्डौ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

काठमाण्डौको एक कलेजसहित विभिन्न ठाउँमा स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘स्थापितलाई तपाईँले दिएका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भए कि भएनन् भनेर आयोगले २४ घण्टाभित्र कारण पेस गर्नु भनेर स्पष्टीकरण सोधिएको हो’, निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने । स्थापित नेकपा एमालेबाट मेयर पदका उम्मेदवार हुन् ।