काठमाडौं, १० माघ । शिक्षक सेवा आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि साढे १७ हजार शिक्षक माग गर्दै आवेदन खुल्ला गर्यो ।

त्यसमा दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । आयोगले प्रावि तहमा १३ हजार दुई सय ९७, निमाविमा दुई हजार ६ सय ६ र माध्यमिक तहमा एक हजार पाँच सय ५२ शिक्षकका लागि विज्ञापन गरेको थियो । त्यसको १२ गुणा बढी आवेदन परेको छ ।

माध्यमिक तहका लागि ३६ हजार पाँच सय ५२ जनाको निवेदन परेको छ । त्यस्तै, निमावि शिक्षकका लािग ८६ हजार नौ सय १४ र प्राविका लागि ९७ हजार २९ आवेदन परेका छन् । प्रावि तहमा आवेदन फारम भर्ने समय अझै चार दिन बाँकी छ ।

तीन वर्षको अन्तरालमा यति धेरै पदपूर्ति हुन लागेको र शैक्षिक योग्यता बढी भएकाले तल्लो तहमा पनि आवेदन दिएकाले संख्या धेरै भएको हुन सक्ने आयोगका सूचना अधिकारी आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए ।