लुम्बिनी  । सार्वजनिक सम्पत्ति ‘सेटिङ’ मा दोहन गर्ने र गराउने खेल लुम्बिनी पनि पुगेको छ । संसारभरिका बौद्धमार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्त्वपूर्ण जग्गा कानुनविपरीत निजी रिसोर्टलाई दिन पयर्टनमन्त्री प्रेम आले नै सक्रिय भएका छन् । लुम्बिनी गुरुयोजनाले निषेध गरेको क्षेत्रमा रिसोर्ट बनाउन उनले निजी कम्पनीसँग सिधै प्रस्ताव मागेका छन् ।

कोषको गुरुयोजनाअनुसार विकसित भएको लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को चार बिघा क्षेत्र मात्र खाली छ । आध्यात्मिक अभ्यासका लागि छुट्याइएको यही जग्गामा व्यावसायिक रिसोर्टको अनुमति दिन कोषले अपारदर्शी प्रक्रिया थालेको हो । पर्यटनमन्त्री आले अध्यक्ष रहेको कोषले व्यवसायी सुरज वैद्यकी छोरीको स्वामित्वमा रहेको कम्पनीसँग सिधै प्रस्ताव मागेको छ  कान्तिपुरमा खबर छ।

यो विषयमा सरोकारवालाहरूले दुई प्रश्न उठाएका छन्, ‘पहिलो, गुरुयोजनाले आध्यात्मिक क्याम्पिङका लागि निर्दिष्ट गरेको क्षेत्रमा व्यावसायिक रिसोर्ट सञ्चालन गर्न कसरी मिल्छ रु दोस्रो, रिसोर्ट सञ्चालन गर्नैपर्ने आवश्यकता हो भने पनि सार्वजनिक प्रतिस्पर्धा गराउनुको सट्टा कुनै निश्चित कम्पनीबाट सोझै प्रस्ताव माग्न कसरी मिल्छ रु’