काठमाडौं, ४ पुस । आज सत्ता गठबन्धनको बैठक बस्दैछ । पालिका चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो भेट गरेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष एमाले, पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् ।











