काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् । चितवनमा शनिवार र आइतबार भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो ।
अध्यक्ष निर्वाचित भए पनि उपाध्यक्ष लगायतका पदाधिकारीका विषयमा भने सहमति जुटेको छैन। महाधिवेशनले ८ मनोनितसहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो । तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ ।











