इन्द्रेणी संवाददाता
चितवन, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओली अध्यक्षका अर्का उम्मेदवार भिम रावललाई भरी मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८४० मत प्राप्त गरे भने रावलले २२३ मत मात्रै पाएका थिए ।

ओलीले यसअघि नै १९ पदाधिकारीसहित ३०१ जनाको कमिटीलाई सर्वसम्मत बनाउने प्रयास गरेका थिए । तर भिम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि नेतृत्वसहित केही पदमा चुनाव भएको थियो । सो चुनावमा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार निर्वाचित भएका छन् ।

नवौं महाधिवेशनबाट पनि माधव नेपाललाई पराजय गर्दै अध्यक्षमा निर्वाचित भएका थिए ।