एमालेको अध्यक्ष पदमा उपाध्यक्ष डाक्टर भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेको दसौं महाधिवेशनमा अध्यक्ष लड्ने बताउदै आएका रावलले आज सोमबार निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
नवौं महाधिवेशनमा माधवकुमार नेपाल गुटबाट उपाध्यक्ष पदमा सर्वाधिक मत लिएर बिजय भएका रावल एमाले भित्रका बौद्धिक र लोकप्रिय नेताका रुपमा चिनिन्छन ।











