काठमाडौँ, १२ कात्तिक । तिहारपछि बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज लगाइने भएको हो ।
बालबालिकालाई खोप लगाउन काठमाडौँ उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ वटा अस्पतालमा तयारी थालिएको छ । त्यस्तै कात्तिकको अन्त्यतिर दीर्घरोग भएकालाई समेत खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार फाइजर–बायोएनटेकको एक लाख ६२० डोज नेपाल भित्रिसकेको छ । छ ।











