इन्द्रेणी संवाददाता
दाङ, ९ कार्तिक । प्रेस सेन्टर नेपाल दाङ शाखाको आज सम्पन्न चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको अध्यक्षमा पाण्डव शर्मा, उपाध्यक्षमा दामोदर बस्नेत (राकेश), महिला उपाध्यक्षमा अनिता पोख्रेल , सचिवमा जनक नेपाली, सहसचिवमा दीपक बोहरा, समाबेशी सहसचिवमा राजेश चौधरी र कोषाध्यक्षमा जीवन नेपाली चयन भएका छन् ।

त्यसैगरी कार्यालय सदस्यमा गिरिराज नेपाली, सदस्यहरुमा सुमन केसी, विकास डागी, शान्तकुमार बुढा, भागवत भट्टराई, सन्तोष डागी, आभाष बुढाथोकी, उदीराम चौधरी, हेमराज नेपाली (परिवर्तन), उमेश बन्जाडे, दीपक ओली, कमल कवर, पुष्पा पौडेल, अङ्गराज परियार  र अस्मिता नेपाली चयन भएका छन् ।