इन्द्रेणी संवाददाता
दाङ, १७ असोज । नेपाल सुनचादी व्यवसायी संघ घोराही नगरको अध्यक्षमा विनोद कुमार विश्वकर्मा चयन भएका छन् । शनिवार सम्पन्न २० औं साधारणसभा एवं ११ औं अधिवेशनबाट विश्वकर्मा अध्यक्षमा चयन भएका हुन् ।

244198801_4324297171024836_3097897601781765430_nत्यसैगरी संघको उपाध्यक्षमा सोमबहादुर सुनार, सचिवमा मानबहादुर विश्वकर्मा, सहसचिवमा सुरेश कुमार स्वर्णकार, कोषाध्यक्षमा अन्जय कुमार रसाइली र सहकोषाध्यक्षमा विक्रम सुनार (प्रेमबहादुर विक) चयन भएका छन् । त्यस्तै सदस्यहरुमा आकाश विश्वकर्मा, कृष्णभक्त सुनार, निरन्जन गहतराज, भिम कुमार सुनार र राजेश शाह चयन भएका छन् ।

० औं साधारणसभा एवं ११ औं अधिवेशन उद्घाटन कार्यक्रममा सुनचादी व्यवसायका लागि छुट्दै ऐन कानुन बनाउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । अन्य व्यवसाय जस्तै सुनचादी व्यवसायका लागि ऐन तथा नियम नहुँदा व्यवसायीहरुले सहज रुपमा व्यवसाय गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीहरुले सुनचादी व्यवसायका लागि ऐन,काुन र कार्यविधि निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष सुदीप श्रेष्ठले सरकारको विभेदकारी ऐन नियमका कारण देशभरका सुनचादी व्यवसायीहरुले मार खेप्नु परेको बताए । त्यस्तै महासंघका लुम्विनी प्रदेश अध्यक्ष बुद्धिबहादुर दियालीले राज्यको विभेदकारी नितीका कारण सुनचादी व्यवसायी बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको भन्दै व्यवसायलाई चलाएमान बनाउन अन्य व्यवसायका लागि जस्तै ऐन कानुन निर्माण गर्नुपर्ने बताए ।