इन्द्रेणी संवाददाता
काठमाडौं, ८ असोज । काठमाण्डौबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खसेको छ । गएराति पौने २ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ५ मा रहेको नाग्दी खोलाबाट कार त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

Trishuliदुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् भने अन्य तीन जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा कार चालक पोखरा महानगरपालिका १७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखबहादुर भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेको प्रहरीले जनाएको छ । हराएकाहरुको बिहानैदेखि खोजी भइरहेको छ । कार अनियन्त्रित भएर नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।