इन्द्रेणी संवाददाता
दाङ, ३ असोज । दाङमा प्रहरीले एक पुरुषलाई करणी गरेको मुद्दा दर्ता गराउने धम्की दिएर रकम असुली गर्ने तीन जना महिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही १५ की ३२ वर्षीया सीतादेवी थापा, सोहीकै ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सष्मा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

eeeनिज मध्येमा  सीतादेवीले नाम परिवर्तन भद्रबहादुर जैसीलाई घरायसी विवाद मिलाउन फोन गरेर घोराही १५ को कोहिनुर रेष्टुरेन्टमा असार ६ गते बोलाएको र त्यहाँ मदिरा सेवन गरेर वदनियतले जैसीलाई बलात्कार गरेको आरोप लगाउदै धक्मी दिएका थिए । साथै उनीहरुले केही दिनपछि ५० लाख नदिए प्रहरीमा बलात्कारको मुद्दा हाल्ने धम्की दिएर १ लाख नगद असुली गरेको र १७ लाखको सिभिल बैंकको चेक लगेको प्रहरीले जनाएको छ ।

ती महिलाहरुले ठगी गर्ने उद्देश्यका साथ जैसीलाई धम्की दिने र केही रकम समेत असुली गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई आइतवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक समेत गरेको छ ।

प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्दै जाँदा गठी गर्ने उद्देश्यले ती पुरुषसँग रकमको बार्गेनिङ गरेको र केही रकम समेत असुली गरेको फेला परेको एसपी सुरेश काफ्लेले जानकारी दिए । पक्राउ पछि सीतादेवीको कोठामा खानतलास गर्दा १७ लाखको सिभिल बैंकको चेक बरामद गरेको छ भने नगद १ लाख व्याजमा लगाएको खुल्न आएको प्रहरीले जनाएको छ ।