इन्द्रेणी संवाददाता
दाङ, ३ असोज । दाङमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट दङ्गीशरण गाउँपालिका–७ बुटनियामा २२ वर्षीया युवती प्रमिला चौधरीको ज्यान गएको हो।

death-child_n2Gm2H2Y46आज विहान करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।