काठमाडौं, १३ भदौ । केही दिनदेखि परिरहेको झरी अझै एक दुई दिन कायमै रहने भएको छ ।
देशका विभिन्न ठाउँमा आज र भोलि पनि झरी पर्ने मौसमविद्ले बताएका छन् । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ ।
मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना छ ।











