काठमाडौं, ५ भदौ । प्रतिपक्षी दल एमालेले आफ्ना १४ सांसदमाथिको कारबाहीको सूचना टाँसमा ढिलाइ गरेको भन्दै प्रमुख सभामुख अग्नि सापकोटामाथि अस्वाभाविक र मर्यादित दबाब बनाएको छ ।

Rt. Hon. Agni Prasad Sapkota१ भदौमा एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार संसद्ले सूचना जारी गरेपछि एमालेले कारबाही गरेका सांसदको पद रिक्त हुन्छ ।

यसका लागि सभामुखले १५ दिनभित्र निर्णय लिनुपर्ने हुन्छ । तर, एमालेले पत्र दर्ता गराएकै दिनदेखि सभामुखमाथि दबाब दिइरहेको छ ।