इन्द्रेणी संवाददाता
काठमाडौं, ५ भदौ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलले सुराकीका नाममा ७२ लाख खर्च गरेका छन् । थापासहित गृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपानेले पनि सुराकीका नाममा ७६ लाख ५८ हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
गृहमन्त्री र दुई जना सचिवले एक करोड ४८ लाख ५८ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । यससम्बन्धी कुनै कानुन नभएपछि मन्त्रिपरिषद्को एक निर्णयका आधारमा गृहमन्त्रीले दैनिक ५० हजारसम्म तथा गृहसचिवले २० हजारसम्म खर्च गर्दै आएका छन् ।











