इन्द्रेणी संवाददाता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्वस्थ भएका छन् ।
हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै निवर्तमान सभामुख कृष्णबहादुर महरा पनि हिजो देखि अस्वस्थ भएकाले घरमै आराम गरिरहेका छन ।
प्रचण्ड र महरालाई रुघा, खोकी, ज्वरो देखिएपछि कोरोना परिक्षण गरिएको थियो । कोरोना नेगेटिभ देखिएपनि असजिलो महसुस गरेकाले नेता द्वयले घरमै आराम गरिरहेको निजहरुको सचिवालयले जनाएको छ ।