काठमाडौं, ४ भदौ । पहिले माधव नेपाललाई साथ दिएका तर नयाँ पार्टी दर्तापछि तटस्थ बसेका एमालेका ९ जना नेताहरुले पार्टी एकताको लागि दबाब बढाएका छन् ।

आफूहरु पार्टी एकताका लागि अझै क्रियाशील रहेको भन्दै उनीहरुले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने तथा पार्टीमा १४ जनामाथि गर्ने भनिएको कारबाही रद्द गर्नुपर्ने माग राखेका छन्।

उनीहरुले संयुक्त वक्तव्य निकालेर पार्टीलाई तहसनहस हुनबाट बचाउन पार्टी अध्यक्षको तर्फबाट १० बुँदे सहमतिको तत्काल कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

aafaf

uml2_dG550xavEr