देउखुरी, ३ भदौ । राप्ती गाउँपालिकामा सात वटा वडा कार्यालयले आफ्नै भवनवाट सेवा दिदै आएका छन् । दुई वटा निर्माणाधिन अवस्थामा रहेका छन् । बुुधवारदेखि मात्रै राप्ती गाउँपालिका वडा नं ७ को कार्यालयले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा सुरु गरेको छ ।

Untitled-1 copyवडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको विशिष्ट आथित्यतामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको हो ।

कृषि, पर्यटन र पुर्वाधार राप्ती गाउँपालिकाको समृद्ध आधारको उदेश्य सहित सबै वडाको आफ्नै प्रशासनिक भवन बनाउने योजना अनुरुप वडा नं ७ को प्रशासनिक भवन निर्माण गरिएको थियो ।

भाडाको घरबाट हाल सम्म सेवा प्रवाह गरिदै आएकोमा नागरिकको सेवामा सहजता प्राप्त गर्न नसक्ने देखीएका कारण प्रशासनिक भवन निर्माण गरिएको बताइएको छ ।

प्रशासनिक भवनको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बड्का सिसहनिया, छोटकी सिसहनियाको सिमानामा निर्माण गरिएको वडा नं ७ को नवनिर्मित प्रशासनिक भवनबाट आगामी दिनमा सर्व सुलभ तथा सहज रुपमा सेवा प्रवाहमा सहयोग पुग्ने बताए ।

शर्मा निर्माण सेवाले ७२ लाख ५८ हजारको लागतमा समयावधि भित्रै निर्माण सम्पन्न गरेको वडा नं ७ को प्रशासनिक भवन दुई तलामा ४ कोठा, २ हल सहित ६ शौचालय समेत निर्माण गरिएको छ ।

यो वडा नं ७ को वडा कार्यालय भवन उद्घाटन संगै राप्ती गाउँपालिकामा वडा नं १, २, ३, ५, ६, ७, ८ को कार्यालयले आफ्नै भवन बाट सेवा दिईरहेका छन् भने वडा नं ४ र ९ का भवनहरु निर्माणको क्रममा छन् ।