इन्द्रेणी संवाददाता
काठमाडौं, ३ भदौ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री भएकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी हुन् ।

pppहिजो अबेर वाग्मती प्रदेशको मुख्यमन्त्रीको शपथ लिएकी छन् । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै शाक्यले दुई मन्त्री पनि नियुक्त गरिन । कृष्ण खनाल सामाजिक विकासमन्त्री र केशवराज पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री बनाएकी हुन् ।