इन्द्रेणी संवाददाता
दाङ, २ भदौ । दाङ प्रहरीले कर्तव्य ज्यान मुद्धाका परार दोषीलाई पक्राउ गरेको छ ।

IMG_4883सर्वाेच्च अदालतले २०७५ फागुन २९ गते ज्यान मारेको मुद्धामा २० वर्ष कैद फैसला सुनाएका दाङ घोराही उपमहानगरपालिका १४ रतनपुरका ५० वर्षिया रामबहादुर चौधरी पक्राउ परेका हुन् ।

उनलाई घोराही १४ मै लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पछि चौधरीलाई जिल्ला अदालतमा बुझाइएको छ ।