इन्द्रेणी संवाददाता
काठमाडौँ, २ भदौ । लामो समयसम्म आन्तरिक विवादमा रुमलिएको नेकपा एमाले अन्तः विभाजन भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आज नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएपछि एमाले औपचारिक रुपमै विभाजन भएको हो ।

madavनेपाल समूहले दर्ता गराएको नयाँ पार्टीले चुनाव चिह्न खुला किताब राखेको छ । आयोगले दर्ता भएसँगै प्रक्रिया अगाडि बढेको छ । ९५ जना केन्द्रिय सदस्यहरुको साथमा नेपालले नयाँ दल दर्ता गरेका हुन् । तर लामो समयदेखि नेपाललाई साथ दिदै आएका केही दोस्रो तहका नेताहरु भने आफूहरु एमालेको एकताकै पक्षमा रहेको भन्दै नयाँ दलमा नजाने बताएका छन् ।

सरकारले हिजो मात्रै संसद अथवा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन गर्न पाउने अध्यादेश सिफारिस गरेको थियो । सो सिफारिसलाई राष्ट्रपतिले आज प्रमाणिकरण गरी जारी गरेकी थिइन् ।