इन्द्रेणी संवाददाता
दाङ, २७, असार । दाङ जिल्ला उद्योग वाणिज्य संघले असार २६ गते जारी गरेको संघका अध्यक्ष टंकसिंह बुढाथोकी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सल्लाहकार सदस्यमा नरहने विषय उल्लेखित विज्ञप्तिप्रति संघकै उपाध्यक्ष रामप्रसाद पोख्रेलसहितका पदाधिकारीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

212080377_957969215041205_7542351147816597654_nउनीहरुले संघको कार्यसमितिमा छलफल नै नभएर विज्ञप्ति आएको भन्दै आपत्ती जनाएका छन् । उपाध्यक्ष रामप्रसाद पोख्रेलले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्जजनिक गरेको विज्ञप्तिमा संघका अध्यक्ष टंकसिंह बुढाथोकीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थागत रुपमा सल्लाहकार नियुक्त गरेको नभइ नितान्त व्यक्तिगत रुपमा सल्लाहकार सदस्यमा नियुक्त गरेको उल्लेख गरिएको छ । यस्तो विषयमा छलफल नै नगरी उद्योग वाणिज्य संघको लेटरप्याडमा विज्ञप्ति निकाली अध्यक्ष र महासचिवले संस्थाको लेटरप्याडमा आफ्नो पदीय दुरुपयोग गरेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

 

यो पनि पढ्नुहोस्

 

https://www.indrenionline.com/2021/07/60990

209158248_167426905377899_9009971211060517628_n